काठमाडौँ । नेपाली सेना तथा गोकर्णेश्वर नगरपालिकाको संंयुक्त सहकार्यमा सामुदायिक विपद् प्रतिकार्य कार्यक्रम शुरूवात भएको छ ।
आज आरूवारीमा आयोजित कोशी फुडल्याण्डमा आयोजित तालिममा भूकम्पको दौरान र भूकम्प पश्चात् सुरक्षित विधि अपनाई सुरक्षित स्थानसम्म पुग्ने उपाय, तथा आगलागी किसिम नियन्त्रण विधि बारे तालिम दिइएको हो ।
उक्त तालिम तीनदिनसम्म चल्ने जनाइएको छ । कार्यक्रममा बोल्दै गोनपाका उपप्रमुख सान्नानी लामाले विपदबाट हामी सबै सधैं टाढा रहनु पर्ने बताउनुभयो । उहाँले तालिम र सिकाइ भनेको जति सिके पनि नसकिने बताउनुभयो ।
त्यस्तै, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालले,'गोनपाले विपदका बेलामा जनतालाई कसरी सुरक्षाको प्रत्याभूति दिने भन्ने विषयमा जान्न सिक्न आवश्यक रहेको बताउनुभयो ।' उहाँले विभिन्न विपदहरू घण्टी बजाएर नआउने भएकाले सधैं सबै सजक सतर्क रहन आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै, कार्यक्रममा नेपाली सेनाका सेनानी तथा विपद व्यवस्थापन शिक्षालयका निर्देशक धिरज क्षेत्री, नेपाली सेनाका प्रतिनिधिहरू, विपद नेपालका पदाधिकारी, ग्रिन आर्मीका चिफ सविन शर्मा, वडा ९ का वडा अध्यक्ष राजिव थापा, वडा ९ का वडा सदस्यहरू उमेश चालिसे, लक्ष्मी गुरूङ लगायत नगर प्रहरी, विद्यार्थी अभिभावक सहित स्काउटका विद्यार्थीहरूको सहभागीता रहेको थियो ।