काठमाडौँ । ‘योर सक्सेस आवर कमिटमेन्ट’ अर्थात् तपाईँको सफलतास् हाम्रो प्रतिबद्धता यहिँ वाक्यांशलाई आत्मसात गर्दै अगाडि बढेको कलेज हो सेन्ट लरेन्स कलेज । विद्यार्थीहरूको रोजाई अनुरूपको शिक्षा हासिल गर्न कटिबद्ध सेन्ट लरेन्सले मित्रपार्क चावहिलमा आफ्नो अस्तित्व मजबुत बनाउँदै अगाडि बढेको छ ।
विभिन्न भाषिक तथा प्रविधिका माध्यमबाट फरक शिक्षा अगाल्दै गरेको कलेजले विद्यार्थीको रोजाइलाई आत्मसात गरेको देखिन्छ । त्यसैले त यहाँ विद्यार्थीहरूको चहलपहल निकै बढेको पाइन्छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को नतिजा सार्वजनिक गरे सँगसँगै विद्यार्थीहरू आफ्नो भविष्य निर्माणार्थ भौतारि रहेको परिपेक्षमा सेन्ट लरेन्सले विद्यार्थीहरूलाई असल, उत्कृष्ट र फरक शिक्षा प्रदान गरेको क्याम्पस प्रमुख पुरूषोत्तम महर्जन बताउनुहुन्छ ।
केही समय अगाडि गरिएको एक स्वतन्त्र सर्वेक्षणले सेन्ट लरेन्सलाई प्लस टु तर्फको देशकै नवौँ स्थानमा भएको कलेजको रूपमा समेत स्थिपित गरिदिएको छ । कलेजबाट अध्यायन पश्चात् विद्यार्थीले प्राप्त गरेको नतिजा होस् या क्रियटिभ क्रियाकलापमा विद्यार्थीको सहभागीता होस् । विद्यार्थीहरू आफैँमा उत्कृष्ट माहोलमा रहेको पाइन्छ ।
विषत २५ वर्षलामो इतिहास अवलम्बन गर्दै सन् १९९७ मा स्थापित कलेज शिक्षामा गुणस्तरको पर्यायका रूपमा स्थापित भएको पाइन्छ । कलेजले विद्यार्थीहरूको हक हित र अधिकारलाई अवलम्बन गर्दै सिपमुलक तथा व्यवहारीक ज्ञानलाई समेत अवलम्बन आत्मसात गरेको छ ।
व्यवहारीक शिक्षा र ज्ञानलाई अबलम्बन गर्न आवश्यक रहेको परिदृश्यलाई कलेजले महत्त्वपूर्ण रूपमा लिदैँ उच्च माध्यम तहदेखि स्नातकोत्तर सम्मको अध्ययन अध्यापन कलेजले गर्दै आइरहेको छ । शिक्षकहरूको शैक्षिक सीप एवं प्राज्ञिक ज्ञानलाई आत्मसात गर्दै यसको अभिवृद्धिका लागि सेन्ट लरेन्सले काठमाडौं विश्वविद्यालय सँग समेत सहकार्य गरेर अगाडि बढिरहेको छ ।
कक्षा ११ र १२ तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायका विषयलाई जोड दिदै अगाडि बढेको छ । कलेजले विशेषगरी आफ्नो लक्ष्यलाई आत्मसात गरेर अगाडि बढेकाले पनि यी कुराहरूमा ढृण रहेको क्याम्पस प्रमुख महर्जन बताउनुहुन्छ ।
शान्त स्वस्थ र अनुशासित वातावरण रहेको कलेजले उत्कृष्ट शैक्षिक ज्ञान प्रदान गर्दै आइरहेको छ । विभिन्न पाठ्यक्रम सहितको विषयलाई अवलम्बन गरेको कलेजले विद्यार्थीलाई नतिजामुखी सँगसँगै व्यवहारमुखी शिक्षामा समेत जोड दिदैँ आइरहेको छ ।
अनुशासित विद्यार्थी उत्पादन र शान्त शैक्षिक वातावरणमा आफ्नो छुट्टै पहिचान बनाएको यो कलेजले विश्वबजारमा विद्यार्थीहरूको प्रतिस्पर्धाका लागि कक्षा ११ बाटै पहल कदमी गर्दै आइरहेको छ । निम्न वर्गका विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था समेत गर्दै आएको कलेजले आफ्नो कलेजको शैक्षिक योग्यता समेत प्रमाणित गरिसकेको छ ।
विभिन्न क्षेत्रमा आफ्नो दक्ष जनशक्तिलाई सामेल गराइसकेको कलेजले शिक्षाका क्षेत्र विद्यार्थीमा शैक्षिक अभिवृद्धि गर्ने कुरामा कुनै पनि कदम बाँकी नराखेको पाइन्छ ।
कलेजले शान्त वातावरणमा विद्यार्थीको हरेक समस्यालाई मध्यनजर गर्दै विश्वस्तरीय भौतिक पूर्वाधार, यातायात, पुस्तकालयसहितको विभिन्न विषयगत ल्याब, स्वस्थ सफा होस्टल, क्यान्टिनको सुविधा शिक्षा अनुरूपको उपयुक्त शुल्क यी र यस्ता विषयहरू नै कलेजको विशेषता हुन् ।
शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पृष्ठभूमि निर्माण गर्दैगरेको कलेजले विभिन्न विज्ञ विषयगत शिक्षकहरूको सहभागीतामा विद्यार्थीहरूलाई ज्ञान आर्जन, सीप सिकाई गराइरहेको छ । विभिन्न विषयमा विभिन्न समयमा सम्मान तथा अवार्ड प्राप्त गरिरहेको कलेजले आफ्नो शैक्षिक अभिवृद्धिमा कुनै पनि कमी राखेको पाइदैन ।