सञ्चारकर्मी शिरोमणि दवाडी सहित विभिन्न क्षेत्रका ब्यक्तिहरू सम्मानित

दक्ष खबर 16533+ समाचार ( )
८ मंसिर २०८२, सोमबार

काठमाडौँ । ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न भएको छ । बरिष्ठ चलचित्रकर्मी हरिहर शर्माको प्रमुख आतिथ्यता, आयोजक संस्थाका प्रबन्धक निर्देशक ओम प्रकाश राईको सभा अध्यक्षतामा नेपाल चलचित्र विकास वोर्डको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

समारोहमा वरिष्ठ संचारकर्मी शिरोमणी दवाडीलाई ३० वर्ष संचार क्षेत्रमा योगदान पुर्याए बापत राष्ट्रिय सृर्जनशील सञ्चारकर्मी सम्मान प्रदान गरियो । युवा साहित्यकार भिष्मराज फुलारालाई राष्ट्रिय साहित्य रत्न सम्मान प्रदान गरियो । गायक शीव परियारलाई राष्ट्रिय संगीत रत्न सम्मानले सम्मानित गरिएको थियो भने  डा.सूर्य बहादुर मगर– राष्ट्रिय संगीत व्यवसायी सम्मान, राजेन्द्र बजगाई–राष्ट्रिय संगीत एंव कला रत्न सम्मान, देवेन्द्र पाण्डे– राष्ट्रिय संगीत तथा कला सम्मान प्रदान गरिएको थियो । वरिष्ठ कलाकार हरिहर शर्माले कलाको सम्मान र प्रतिभा पहिचानले सिर्जनात्मक कार्यलाई प्रोत्साहन मिल्ने बताउनुभयो। कलाकार राष्ट्रका पहिचान भएकालेे सरकारले पनि कला क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो ।

विभिन्न विधामा योगदान पुर्याउने थुप्रै कलाकारहरू पुरस्कृत तथा सम्मानित भएका थिए । यसै क्रममा राष्ट्र भूषण चौलागाई–लेखक तथा निर्देशक नबिन पन्त, जानकी मगर,दिलीप कुमार आङ्बो, सुबिना श्रेष्ठ, मोहन प्रधान, जनक खकुरेल, संगम लामिछाने, हेमन्त थापा मगर,सञ्जु मोक्तान, सुधन थापा, गायक नवराज पराजुली, विनोद किराती, राज रुम्बा, पुण्य भट्टराई, अनु राई, संगीतहारी, राजेन्द्र बस्नेत, अर्जुन घिमिरे, प्रदिप सापकोटा, नवराज श्रेष्ठ, युवा समाजसेवी सुदन थापा, गायिका फुटी शेर्पा, होम प्रसाद सेरचन लगायतलाई सम्मान गरिएको थियो ।

वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ संगीतकार अशोक कुमार राई, साउण्ड मिक्सिङ्ग र मास्टरिङ्ग गोनिन्द शोनि, गायक सुरज पौडेल, एरेन्जर मदन सुफिक्स, गीतकार गोविन्द भट्टलगायतका विशिष्ट व्यक्तिहरु जुरी रहेका थिए भने लाइभ क्यामरामा ओम प्रसाई, फोटोग्राफर अभिनास श्रेष्ठ, स्वयंसेविकामा रेणु राई, कविता राई रहेका थिए।

कार्यक्रम संयोजक पेमा शेर्पा राईले स्वागत मन्तव्यसंगै कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो भने, त्रिशक्ती डान्स सेन्टरका दिपेश एसकेको ग्रुपले स्वागत नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा बाल कलाकार निमडिक्की शेर्पाको पनि नृत्य रहेको थियो ।

त्यसैगरी, उत्कृष्ट अवार्ड पाउने श्रष्टा तथा सर्जकहरुमा लोक आधुनिक गीततर्फ अम्बिका गुरुङ, पब्लिक च्वाइसमा प्रतिमा शिवाकोटी, निर्णायकमा मञ्जु कँडेल, लोक आधुनिक गायकमा शम्भु फोम्बो लिम्बु, आधुनिक गायकमा हरि दत्त फुलारा र नीमा शेर्पा पब्लिक च्वाइसतर्फ प्रशान्त, जुरीतर्फ पराङदेन लिम्बु, मोडल पुर्वेली र लोकमा बिजेन्द्र नौबागे, गायक लिम्बु पालम, गोमा लिम्बु ‘योङहाङ’, चलचित्रतर्फ देबेन्द्र बराल, चलचित्र सामाजिक सचेतनातर्फ विजय संयोग सुब्बा (युद्धको सहर), आधुनिक गजल संगीततर्फ पुस्कर सुनुवार, सनम राई–पब्लिक च्वाइस, चलचित्र निर्मात्री शर्मिला पाण्डे- जुरी सम्मान, आधुनिक गायिका ‘महिला’ निशा राई रहेका छन् ।

त्यसैगरी, उत्कृष्ट अवार्ड पाउनु हुनेहरुमा आधुनिक गजल, गीत – श्याम कुमार बानियाँ, निर्देशक लिम्बु भाषा गीत भिडियो – किशोर सुब्बा, पुर्वेली तथा लोक युगल गायक – मैकास राई, आधुनिक लोक गायक – भीम कुमार राई ‘अनन्त’, आधुनिक संगीतकार – चन्द्रहाङ राई, राष्ट्रिय गीत गायक – रोज सुनामी राई, गायक थारु गीत – रत्नदीप चौधरी, गायक मैथिली गीत – बन्दना मैनाली, चलचित्र निर्देशक – नबिन सुब्बा म्यानयाङ्बो रहेका छन् ।

उत्कृष्ट सम्मान पाउनु हुने कलाकारहरुमाः भुवन के पोखरेल,आधुनिक गायिका महिला ‘डेब्यु’, कुसु गुरुङ, मोडल लोक आधुनिक ‘महिला’ निशा थापा मगर, अभिनेता लिम्बू भाषाको चलचित्र – राज कुमार राई, म्युजिक एरेन्जर – रिदम कँडेल, सरिश्मा मगर– पब्लिक च्वाइस, चलचित्र संगीतकार – शंकर थापा मुस्कान, टिभी प्रस्तुतकर्ता – सागरिका श्रेष्ठ – वर्षको सर्वश्रेष्ठ मोडेल, सार्वजनिक छनोट – ईश्वर कुमार श्रेष्ठ संस्कृतिमा सर्वश्रेष्ठ चलचित्र – ह्याङ नान्ड, टेलि–फिल्म निर्देशक – दिवाकर भण्डारी ‘सापटि काका’, चलचित्र गायिक ‘जुरी’ नित्या शिवा रहनु भएको थियो । कार्यक्रममा गीतसंगीत र कला क्षेत्रमा विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार