काठमाडौँ । “देशमा मधेश, मधेशमा युवा” कार्यक्रम सम्पन्न भएको छ । आज अनामनगरमा आयोजित एक कार्यक्रमका बिच युवाको सशक्त भुमिका र सहभागिता बिच छलफल गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद मुक्ता यादवले युवाहरुलाई लोकतन्त्रको रक्षा, सामाजिक समावेशिता र राष्ट्रिय एकतामा सक्रिय भूमिकाको लागि प्रेरित गर्नुभयो ।
कार्यक्रममा सहभागीहरुले युवालाई राजनीतिक चेतना र नेतृत्व विकासमा अग्रसर हुन आग्रह गर्दै, मधेशको समग्र विकासमा युवाको निर्णायक भूमिकाको खाँचो औंल्याउनुएको थियो ।
कार्यक्रममा स्थानीय युवाहरुले विभिन्न सामाजिक, शैक्षिक र राजनीतिक सवालमा खुला छलफल गरेका थिए । कार्यक्रमले युवाबीच चेतना, जागरण र नेतृत्वको भावना थप मजबुत बनाएको छ ।
कार्यक्रमको सभापतित्व नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य आदित्य कुमार दासले गरेका थिए भने, कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद मुक्ता यादव रहनुभएको थियो । विशिष्ट अतिथिमा नेपाली कांग्रेसका युवा नेता नवराज त्रिपाठी, कंचन झा र ने.वि.संघका पूर्व महामन्त्री मनोजमनि आचार्यको विशेष उपस्थिति रहेको थियो ।