विना अध्ययन हल्ला गर्दा समाजमा भ्रम फैलने गरेको छ : गगन थापा 

दक्ष खबर 16534+ समाचार ( )
२८ श्रावण २०८२, मङ्गलबार

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विना अध्ययन हल्ला गर्दा समाजमा भ्रम फैलने गरेको बताउनुभएको छ । 

नेपाली कांग्रेस प्राकृतिक स्रोत विभागले आयोजना गरेको "प्राकृतिक प्रकोपको जोखिममा उपत्यका : नख्खु वाढि २०८१ सिकाई र अबको बाटो" विषयक अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले सहि तथ्यको विश्लेषण गरेर अगाडि नबढ्दा यस्तो अवस्था सिर्जना हुने गरेको बताउनुभएको हो । 

उहाँले, "चोभारको डाँडो काट्नै नपर्ने इन्जिनियरहरूको  निष्कर्ष रहेको बताउदैँ अध्ययनको लागि इन्जिनियर्स एसोसिएसन र विभागलाई धन्यवाद दिनुभयो । "

२०८१ असोज ११ देखि १३ गतेसम्म उपत्यकामा भएको अविरल बर्षाको कारण आएको नख्खु बाढीको विषयमा नेपाल इन्जिनियर्स एसोसिएसनले गरेको अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदन डा. पवन कुमार भट्टराईले प्रस्तुत गर्नुभएको थियो । "उक्त अध्ययनले काठमाडौंको वर्षाको पानी निकासिको लागि चोभार डाडोँको चौडाई बढाउनु नपर्ने निष्कर्ष निकालेको छ '' भट्टराईले बताउनुभयो । 

''कार्यक्रमबाट उपत्यकामा बाढी नियन्त्रणका लागि रिटार्डिङ्ग जलाशय निर्माण गर्नुपर्ने, वैज्ञानिक खानी ब्यवस्थापन गर्नुपर्ने, पुलहरू निर्माण गर्दा इञ्जिनियरिङ मापदण्डलाई परिमार्जन गर्नुपर्ने, नदि अतिक्रमण रोक्न नीति बनाउनुपर्ने र रैथाने तथा स्थानीय परम्परागत अभ्यासहरू सहितको भू - उपयोग योजना निर्माण गर्नुपर्ने निष्कर्ष निकालिएको", विभागका सचिव नवराज त्रिपाठीले बताउनुभयो । 

कार्यक्रमको सभापतित्व विभागका प्रमुख तारामान तामाङले गर्नुभएको थियो भने, सांसद राजन केसी, बागमती प्रदेश सदस्य सुरेन्द्र श्रेष्ठ, यमुना देवी श्रेष्ठ, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, चागुनारायण भक्तपुरका मेयर जिवन खत्री  लगायतका जनप्रतिनिधिहरूको सहभागीता रहेको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार