काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले काठमाडौँ महानगरपालिकाले सबै खालको कला प्रर्दशनीलाई उच्च प्राथमिकता दिँदै आएको बताउनुभएकाे छ ।
काठमाडौँ महानगरपालिकाको सहकार्यमा क्यालीग्राफी नेपाल र क्यालीजात्रा फाउण्डेशनले नेपालमा निकट भविष्यमा नै सो अन्तर्राष्टिय स्तरको कला प्रदर्शनी गर्ने तयारी गरेको हो ।
यहाँले, नेपालमा अन्तर्राष्ट्रिय स्तरको अक्षर कला प्रदर्शनी हुने बताउनुभयाे । शनिवार काठमाडौँको कला परिषद् नेपालको हलमा आयोजित अक्षर कला प्रदर्शनी कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंंगोलले सो प्रदर्शनीका लागि तयारी गर्न पनि सोसँग सम्बन्धित संस्थाहरुलाई आग्रह गर्दै त्यसमा काठमाडौँ महानगरपालिकाका आवश्यक सहकार्य र साथ दिने बताउनुभयो ।
उहाँले कलाकारहरुले नेपालमा अक्षरको कला प्रदर्शनीको कामलाई पनि मेहनतका साथ अघि बढाएको उल्लेख गर्दै त्यसमा स्थानीय सरकारहरुले साथ दिनुपर्ने पनि बताउनुभयो ।
उपमेयर डंगोलले भन्नुभयो,‘अक्षरकै बारेमा दिनहुँ वर्कसप गर्न सक्छ ? दिनहुँ दिन बहस गर्नसक्छ ? भनेर अचम्म लागेको थियो । त्यस्तो खालको कन्मफरेन्स नेपालमा गर्नेे काम पनि गरौन भनेर पनि अघि सल्लाह भईरहेको थियो । सो आगामी दिनमा निकट भविष्यमा हाम्रो त्यस्तो खालको कन्फरेन्स, जुन नेपालको अक्षर मात्रै क्यालिग्राफीमा हुनेछैन । इन्टरनेशनल क्यालीग्राफर आएर पनि एक अर्कोसँग सिक्ने अवसर प्राप्त गर्न सकोस । त्यसका लागि पनि फेरि क्यालिग्राफी नेपाल र क्यालीजात्रा फाउण्डेशनलाई फेरि शुभकामना दिन चाहन्छु । र त्यसमा एज ए लोकल गोर्भमेन्ट काठमाडौं महानगरपालिकाले गर्नुपर्ने सहकार्य र साथ यहाँहरुलाई सदैव रहनेछ भन्ने पनि भन्न चाहन्छु । ’ न्युज एजेन्सी नेपाल