महेन्द्रनगर । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकले लोकतन्त्र जोखिममा रहेको बताउनुभएको छ । सोमबार स्थानहद फुकुवापछि पहिलो पटक गृह जिल्ला कञ्चनपुर पुग्नुभएका मन्त्री लेखकले लोकतन्त्र जोखिममा रहेको बताउनुभएको हो ।
“अहिले देश अपठ्यारो अवस्थामा छ,संविधान लिकबाट बाहिर भएको छ,लोकतन्त्र जोखिममा छ ।” लेखकले भन्नुभयो“यस्तो बेलामा सबैसाथीहरु मिलेर कांग्रेसलाई जिताउनुपर्छ बलियो बनाउनुपर्छ ।”
उहाँले कांग्रेसका उम्मेदवारलाई जिताउन सबैले लाग्नुपर्ने बताउनुभयो । देशको अवस्था सामान्य नभएकाले संविधानको लिकमा ल्याउनका लागि कांग्रेसले जित्नुपर्ने उहाँको भनाई थियो । स्थानहद फुकुवापछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र आउनुभएको हो ।
नेपाली कांग्रेसले लेखकको निर्वाचन लड्दै आएको क्षेत्र नम्बर ३ मा कञ्चनपुरका पूर्व पार्टी सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएको छ ।