उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौँ : अशोक राई

दक्ष खबर 16456+ समाचार ( )
२७ वैशाख २०८१, बिहीबार

काठमाडौँ । जसपाका अध्यक्ष अशोक राईले अस्थिरताको शिकार मुलुक हुनु हुदैन भन्दै नयाँ दल बनाएको बताउनुभएकाे छ ।

बिहिबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष राईले अध्यक्ष उपेन्द्र यादवको कार्यशैली ठिक नभएको बताउँदै वैकल्पिक गठबन्धन बनाउन लागेको आरोप लगाउनुभयाे । उहाँले आफुहरु अस्थिरताको कारक नबन्न यस्तो निर्णय लिएको उहाँले बताउनुभयाे ।

राईले नजिक र टाढा गरेर व्यवहार गर्ने गरेको आरोप लगाउँदै पारदर्शिता समेत नहुने गरेको बताउनुभयाे । उहाँले यादवमाथि महाधिवेशन नै कब्जा गरेर आफ्नो मुठ्ठीभित्र पार्टी राख्न थालेको देखिएपछि आफुहरुले यस्तो कदम चालेको बताउनुभयाे।  

अमेरिका जानु अघि उपेन्द्र यादवले पार्टीको विधान विपरित निर्वाचन समिति गठन गरेर परिपत्र गरेपछि पार्टीमा यस्तो अवस्था आएको उहाँले बताउनुभयाे ।

जसपा नेपालका १२ सांसद मध्ये ७ सांसद लिएर राईको नेतृत्वमा जसपा गठन भएको छ । उपेन्द्र यादवले भने, जसपाको दर्ता प्रक्रिया नै असंबैधानिक रहेको बताउँदै अदालत जाने बताउनुभएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार