मनास्लु वर्ल्ड कलेजद्वारा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न

दक्ष खबर 2421+ समाचार ( )
११ असार २०८०, सोमबार


काठमाडाैँ । मनास्लु वर्ल्ड कलेजले अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाको सभा अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा मनास्लु वर्ल्ड कलेजका प्रन्सिपिल राजन श्रेष्ठ, मीन कुमार मोक्तान, शसकिला खड्का, शशी केसी, गोपाल श्रेष्ठ, शक्षिक, अभिभावक विद्यार्थीहरुको उपस्थति रहेको थियो ।

कार्यक्रममा विशेष गरि विद्यार्थीहरुलाई  गुणस्तरीय शिक्षा प्रदान र ग्रहण गर्नमा  अभिमुखिको ठूलो भुमिका हुने हुँदा  अभिभावकहरुलाई प्रशिक्षण तालिम प्रदान गरिएको हो । एउटा विद्यार्थीलाई दक्ष जनशक्ति निर्माण गर्न शिक्षक, कलेज मात्र भागिदार नभई अभिभावक  पनि उत्तिकै जिम्मेवारी भएकोले यो उत्प्रेरणा सम्बन्धी  प्रशिक्षण कार्यक्रम गरिएको कलेजका अध्यक्ष गेन्द्र लामाले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै कलेजका प्रन्सिपिल राजन श्रेष्ठले मञ्चमा बसेका सबै जान्ने तर, फ्लोरमा बस्ने केही नजान्ने भन्ने कदापी हुदैन त्यसकारण सबैले जानेको कुरालाई एक अर्कामा शेयर गरेर सुझाव सल्लाह प्रतक्रिया दिएर वा मिलेर अगाडि बढेपछि मात्र सम्भव रहेको बताउनुभयाे ।

मोटिभेसनल स्पकिर बिकास देव योञ्जनले विद्यार्थी , अभिभावक कलेजको भुमिका बारेमा स्पष्ट पार्दै एउटा विद्यार्थी बन्नमा कसरी कुन कुन ठाउँमा को को जिम्मेवार हुन्छ भन्ने बारेमा प्रशिक्षण दिनुभएको थयो । उहाँको  प्रशक्षिणबाट  विद्यार्थी र अभिभावकमा  सकारात्मक प्रभाव पर्ने विश्वास समेत गरिएको बताउनुभयो । कार्यक्रममा विभिन्न सांस्कृतकि प्रस्तुतिहरु समेत देखाइएको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार