काठमाडौँ। नेकपा एमालेले प्रतिनिधिसभाका लागि समानुपातिक तर्फका सांसदहरूको नाम टुङ्गो लगाएको छ।
शनिबार बसेको पार्टी सचिवालय बैठकले समानुपातिक सांसदको अन्तिम सूची स्वीकृत गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। उनका अनुसार पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न क्लस्टरका आधारमा सांसदहरूको चयन गरेको हो। एमालेले यस निर्वाचनमा समानुपातिक तर्फबाट कुल १६ सिट प्राप्त गरेको थियो। सोहीअनुसार जनजाति, खस आर्य, थारु, दलित, मधेसी तथा मुस्लिम क्लस्टरबाट प्रतिनिधित्व हुने गरी सांसद चयन गरिएको हो।
क्लस्टर अनुसार चयन भएका सांसद जनजाति (४ जना) महिला: भूमिका सुब्बा गंगादेवी श्रेष्ठ पुरुष: रामबहादुर थापा मगर कुलभक्त शाक्य खस आर्य (५ जना) महिला: पद्मा अर्याल टुकाभद्रा हमाल एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र) पुरुष: गुरु प्रसाद बराल पुष्पराज कंडेल थारु (१ जना) कृपाराम राणा (पुरुष) दलित (२ जना) महिला: विष्णुमाया वी.के. नीता घटानी मधेसी (३ जना) महिला: रिङ्ला यादव यशोधा कुमारी यादव पुरुष: चन्द्रेश्वर मण्डल मुस्लिम (१ जना) महिला: साजिदा सिद्दीकी पार्टी स्रोतका अनुसार समानुपातिक सांसदहरूको सूची अब औपचारिक प्रक्रियामार्फत निर्वाचन आयोगमा पठाइनेछ।