काठमाडौँ । श्री बौद्धनाथ क्षेत्र विकास समितिले ट्राफिक प्रहरी वृत बौद्धका कार्यलय प्रमुख प्रहरी निरीक्षक उपेन्द्र खरेललाई बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न गरेको छ ।
समितिले करिब १६ महिनाको कार्य सम्पादन पश्चात जनकपुर सरुवा भई जान लागेका ट्राफिक प्रहरी वृत बौद्धका कार्यलय प्रमुख प्रहरी निरीक्षक उपेन्द्र खरेललाई बिहिबार श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा सहित समितिका पदाधिकारीहरुले बौद्धमा रहँदा गरेको सेवा र पुर्याएको योगदानको उच्च कदर गर्दै आगामी दिनको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै मायाको चिनो दिएर बिदाई गरिएकाे हाे ।
बिदाई कार्यक्रममा बोल्दै ट्राफिक प्रहरी वृत बौद्धका कार्यलय प्रमुख प्रहरी निरीक्षक उपेन्द्र खरेलले बौद्धमा रहदा श्री बौद्धनाथ क्षेत्र विकास समिति संगको सहकार्यमा ट्राफिक व्यवस्थापनको थुप्रै काम गर्न पाएको बताउनुभयाे । उहाँले क्षेत्र विकास समितिबाट पाएको सहयोगला सँधै आत्मसाथ गर्ने बताउनुभयाे ।
उक्त कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा सहित कार्यकारी निर्देशक शान्ति माया तामाङ, समितिका सदस्यहरु जानुका श्रेष्ठ भण्डारी, सैलेश श्रेष्ठ, पशुपतिनाथ (श्याम) खतिवडा रग्वा शेर्पा लगायतको उपस्थिति रहेको थियो ।