काठमाडौँ । त्रि-ज्योति माध्यामिक विद्यालयका कक्षा ७ मा अध्ययनरत छात्र लोयाङ शेर्पा वर्ल्ड राइजिड स्टार-२०२४ मा विश्व विजेता भएका छन् ।
युरोपको जर्जियामा जनवरी २२ मा सम्पन्न भएको उक्त प्रतियोगितामा लोयाङ शेर्पा विश्व विजेता भएका हुन ।
विश्वभरबाट सहभागी भएका बालबालिकाहरुलाई पछि पार्दै ट्यालेन्ट राउण्डको विजेता र सम्पूर्ण राउण्डबाट प्रमुख विजेता भई विद्यालय र देशको गरिमा बढाउन योगदान पुर्याएका हन ।
विगत लामो समयदेखि स्नेह, ज्ञान र नेतृत्वको माध्यमबाट जीवनोपयोगी शिक्षा प्रदान गर्दै आइरहेको त्रि-ज्योति मा. विले बालबालिकाको प्रतिभालाई उजागर गर्दै आइरहेको छ ।
उक्त अभियानमा संलग्न रहेको कारण विश्व विजेताको उपाधि त्रि-ज्योति माविले चुम्न सफल भएको बताउनुभयो ।