नेपालको पहिलो नृत्य विज्ञ भैरब बहादुर थापा विशेष सम्मान कार्यक्रम सम्पन्न

दक्ष खबर 16456+ समाचार ( )
१ भाद्र २०८१, शनिबार

काठमाडौँ । सांस्कृतिक कला विकास समूह, नेपालले संस्कृति एवम् कला क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई सम्मान गरेको छ। 

क्ला विकास समुहले नेपालको पहिलो नृत्य विज्ञ भैरब बहादुर थापा विशेष सम्मान समारोहको आयोजना गरेर उनीहरुलाई सम्मान गरेको हो । 

प्रतिनिधि सभाकी उप–सभामुख अतिथि ईन्दिरा रानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरुको समेत आयोजना गरिएको थियो । 

कार्यक्रममा बौद्ध दर्शनका आचार्य एवम् बौद्ध ज्योतिषी ल्हाक्पा तमाङ, समाजसेवी एवम् बरिष्ठ संगीतकार सम्राट थापा, बरिष्ठ समाजसेवी जीबन थापा, सामाजसेवी रिमा राई, बरिष्ठ ब्यूटिसियन मन्जु खत्री, बिद्या श्रेष्ठ, लिना सुबेदी , बिमला कोईराला, गायिका ज्योती ढुङगाना, उत्कृष्ट नायिका २०८० बबिता नेयोङहाङ लाई सम्मानित गरिएको थियो । 

यस्तै लोकन सँवा उत्कृष्ट चलचित्र निर्देशक, नेपाली पहिलो महिला नौमती बाजा समूह लगायतलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै संस्थाकी कोषाध्यक्ष रन्जु राई र कार्यक्रम संयोजक अध्यक्ष दिल बहादुर कटुवालले कार्यक्रमले संस्कृति एवम् कला क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई प्रोत्साहन मिलेको बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार