सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

दक्ष खबर 12266+ समाचार ( )
२ वैशाख २०८१, आइतबार

काठमाडौँ । नेपाली बजारमा सुनको मुल्य घटेको छ । 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २२०० ले घटेर १ लाख ३६ हजार ८०० कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँ किनबेच भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा ५० रुपैयाँले घटेर प्रतितोला १७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार