'एआईको प्रयोगले नै हाल नेपालमा मुभि बनाउन सक्ने अवस्था छैन'

दक्ष खबर 12604+ समाचार ( )
७ चैत्र २०८१, शुक्रबार

काठमाडौँ । एआईको प्रयोगले नै हाल नेपालमा मुभि बनाउन सक्ने अवस्था नरहेको विज्ञहरूले बताएका छन्  । आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को "मिडिया निर्माणमा एआईको बहुआयामिक असर" विषयमक छलफलमा एआईको महोत्व बढ्दै गएको र यसले क्रियटिभ इन्डष्ट्रिलाई फाइदा पुग्ने बताए । 

पत्रकार सजना बरालले सहजीकरण गर्नुभएको छलफलमा एआई विज्ञ मौसम पुरीले, एआईको महोत्व बढ्दै गएको र यसले क्रियटिभ इन्डष्ट्रिलाई फाइदा पुग्ने बताए । पुरीले, एआईको प्रयोगले नै हामी निकट भविष्यमा नै चलचित्र बनाउा सक्ने अबस्थामा पुग्ने बताए । 

उनले, हालको अवस्थामा नै एआईको प्रयोगले मुभि बनाउन सक्ने अवस्थामा नरेकाले बताए । उनले, एआईले सबै कुरा बनाउन सक्दैन । मान्छेको अनुभवहरू खुसी दुखी हुनुलाई  एआईले बनाउन नसक्ने  बताए । उनले, एआईले केही कुरा सोच्दैन । आफ्नो क्रियशन हुदैन । वर्षौं लाग्ने काम अल्लि सहज रूपमा काम गर्न सक्छ तर, एआईलाई भर परेर होइन साइडमा असिस्टेन्टका रूपमा मात्र काम गर्न सकिने बताए । 

त्यस्तै, अर्का बक्ता रक्षा सिंङ राणाले, हामी एआईको प्रयोगमा पुग्ने अवस्था नरहेको बताइन् । एआईमा भर परेर फिल्म बनाउन राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नै गाह्रो रहेको उनको दावी छ  । १/२ वर्षमा सकिन्छ तर, अहिले सकिने अवस्था नरहेको उनले बताइन्  । 

"भिडियो बनाउन सकिन्छ, मुभि बनेको छ तर, सबै एआईको प्रयोगनबाट नै बनेको छैन  । एआईले काम गर्दा पनि मान्छेको दिमागले नै काम गर्ने हो । एआई एआई भनिरहदाँ सबै हामीले अह्राएको काम उस्ले गर्ने हो । हामीले गर् भनेपछि मात्र प्रविधिले काम गर्ने हो । विश्वव्यापी रूपमा इन्टरनेटले विश्वलाई जोड्ने काम त भयो तर, आधिकारिकता त सबै मान्छेमा रहेको उनले बताइन् । "

त्यस्तै, बक्ता कुन्द बस्नेतले लाइनबाई लाइन एआईबाट काम गर्न गाह्रो रहेको बताए । समस्या धेरै छ । राम्रो बजेटको मुभिमा एआईको तस्बिर र फोटो फिल्ममा लगेर राख्दा क्वालिटि कट्छ । क्रियटिभको लागि ठिक छ । त्यसैमा भर पर्नु गाह्रो छ । एआईमा अहिलेसम्म भर परिसक्ने अवस्था नरहेको उहाँले बताए । 

"एआईबाट काम गर्न अल्लि सहज हो तर, सबै यसैमा भर परेर काम गर्न सक्ने अवस्था छैन  । २ घण्टाको मुभि काट्न ६/७ महिना लाग्ने समयबाट अहिलेको परिस्थितिमा आईरहदाँ मोबाइलबाट फिल्म बनाउन सक्ने काम भएको छ । नर्मल र डिजिटल क्यामेराहरूरूको प्रयोग भईरहदाँ चलचित्रमा एआईले महत्त्वपूर्ण भुमिका खेल्छ भन्ने छैन ।" 

उनले, आइडियाका भरमा मात्र हुदैन प्रयोगका कुरामा पनि यसले महत्त्वपूर्ण भुमिका खेल्छ ।  हामीले चलाउने, बनाउने भनेको एआईको प्रविधि हो तर, चाहेको र भनेको जस्तो विषयवस्तु हामीले बनाउन सक्दैनौं । हामीले सहि कुरा राम्रोसँग बुझाउन सकेनौं भने हामी भोली गलत विषयबस्तुको सिकार बन्न सक्ने बताए ।

त्यस्तै, अर्का बक्ता करण थापाले, एआई प्रविधिमा मान्छेको दिमाग कपि गरेको बताए । आफैंले सिकेको कुरा या आफुले हामीले दिएको कुराको आधारमा एआईले केही कुरा बनाउने बताए । उनले, एआईको विरोधमा कुरा गरिरहेकाे बताउदैँ एआईबाट हामीले २ बर्षमा मुभि बनाउन सक्ने बताए ।  

उनले, हामीले कमाण्ड गरेपछि मात्र उस्ले काम गर्ने हो । हामीले यस्तो गर भनेपछि मात्र काम गर्ने बताए । "हामीले चलचित्र बनाउदाँ आइडिया लिदाँ र चलचित्र बनाउँदा सहज हुन्छ । आफ्नो सिर्जनालाई त्यहाँ लगेर ढाल्ने हो । तपाईंले एआई चलाउँदा ठिक छ  तर, तपाईंलाई एआईले चलाउन भएन । "


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार