चार्डपर्वका नाममा पशुपतिनाथमा अवैध संरचना थपेको भन्दै स्थानीयद्वारा चर्को आलोचना

दक्ष खबर 16570+ समाचार ( )
२० भाद्र २०८१, बिहीबार

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले विश्व सम्पदा क्षेत्रमा हरितालिका तीज लगायतका पर्वहरूका नाममा निर्माण गरिने अवैध संरचनाहरूको स्थानीयहरूले चर्को आलोचना गरेका छन् ।

पशुपति क्षेत्र विकास कोषले तीजमा सहज दर्शनार्थीहरूलाई सेवा पुर्याउने नाममा अवैध संरचनाहरू फलामको बार, भर्याङ, सिडि जस्त संरचना बनाउनाले अझै भिडभाड हुने बताएका छन् । 

सामाजिक सञ्जालमा विकासले रातारात बनाएकाे संरचनाको फोटो सहित गौरी मासिकका सम्पादक अर्जुन लामिछाने लेख्नुहुन्छ, 'मेलालाई कसरी मर्यादित, सब्य अनि भब्य बनाउनेतिर एकरत्ति ध्यान गएन, एउटा औपचारिक मिटिङ गरिएन, तीज आउँछ जान्छ भनेझै गरे, अनि यो संरचना अनावश्यक अनि भद्दा निर्माण मात्र हो, स्काउट चार जना स्वयंसेवक खटाइदिएको भए उनीहरुले निर्वाध लाइन सुचारु गर्ने थिए, संपदाप्रेमीको खवरदारी नहुने हो भने आगामी पर्वबाट क्रसिङ सबै ठाउँमा यस्तै गर्ने छन्....अझ रातारात फलामे पुल पो हाल्दै थिए त !' 

त्यस्तै, स्थानीय इश्वर कपाली लेख्नुहुन्छ,'पशुपति विकास कोषको खारेज नभयसम्म यस्तै हो जनप्रतिनिधिहरूलाई यसको चासो छ कि छैन,यहाँका बासिन्दा कहिले जागा हुने हो यो सरकार लोकतान्त्रिक हो कि होइन यहाँ सङ्घीयता कार्यान्वयन भइरहेको छ कि छैन यदि छ भने यो क्षेत्र कस्तो बनाउने भन्ने बारेमा यहाँको नगरिक को चासोको विषय हो।' 

त्यस्तै, स्थानीय छत्रानन्द वैद्य लेख्नुहुन्छ, 'गुरु याेजना एक काम अनेक 'पशुपति क्षेत्रकाे समय सापेक्ष याेजना नै बनेन बनाउने प्रयास पनि भएन'। 

त्यस्तै, विकास कोर्षले काठमाडौँ महानगरपालिका वडा ८ सँगपनि कुनै किसिमको वार्ता, समझदारी नगरि एकलौटी ढंगबाट विश्वसम्पदा क्षेत्रमा रातारात संरचना खडा गर्नुले विकास कोर्ष स्थानीयको भावना विपरीत अगाडि बढेको देखिन्छ । 

त्यस्तै, अर्जुन राज भण्डारी लेख्नुहुन्छ,'पशुपति नाथ मन्दिरलाई विश्व सम्पदा सूची बात हटाउने खेल।' सहित थप लेख्दै भण्डारीले, 'अचम्म को कुरा पुरातत्व विभागले किन कडाइ को साथ कारवाही गर्न नसकेको होला । ' भन्दै आफ्नो विचार सार्वजनिक गर्नुभएको छ । 

त्यस्तै, जेपी ढकाल लेख्नुहुन्छ, 'यो व्यवस्थापन साह्रै फितलो देखियो यस्तो व्यवस्थापनबाट भक्तजनहरू पशुपतिनाथको दर्शनमा आउने लाई कस्तो असर पर्ला तुरुन्तै सम्बन्धित निकायको ध्यान जाओस्। र स्थानीयको पनि कुरा सुनिनुपर्दछ। पशुपति विकास कोषले यस्तो क्रियाकलापले भक्तजनहरूलाई कस्तो असर पर्दछ पशुपतिनाथलाई कुरुप बनाउने काम नगरियोस् l' 

त्यस्तै, स्थानीय रामेश्वर संगत लेख्नुहुन्छ, 'यो व्यवस्थापन साह्रै फितलो देखियो यस्तो व्यवस्थापनबाट भक्तजनहरू पशुपतिनाथको दर्शनमा आउने लाई कस्तो असर पर्ला तुरुन्तै सम्बन्धित निकायको ध्यान जाओस्। र स्थानीयको पनि कुरा सुनिनुपर्दछ। पशुपति विकास कोषले यस्तो क्रियाकलापले भक्तजनहरूलाई कस्तो असर पर्दछ पशुपतिनाथलाई कुरुप बनाउने काम नगरियोस् l'


त्यस्तै, सामाजिक सञ्जाल कामपा वडा नम्बर आठ जयवागेश्वरीबाट,'बिश्व सम्पदासुचिमा रहेका सम्पदाहरूको स्वरूप बिग्रने र कुरूप देखिने गरि निर्माण गरिएका सम्रचनाहरू तुरुन्त हटाउनु पर्छ।' कुरूप देखिने संरचना तत्काल भत्काउन विकास कोषलाई तुरुन्त हटाउन आग्रह गरिएको छ । 

पाशुपत क्षेत्रको अस्तित्व जोगाइराख्नु पर्ने निकाय पशुपति क्षेत्र विकास कोर्षले रहेका संरचनाहरूलाई अझ कुरूप तथा अस्तित्व विनाशका लागि खडा गर्ने संरचनाहरूले पशुपतिमा आउने दर्शनार्थीहरूलाई थप सेवा सहजता भन्दा पनि अझै भिडभाड मात्र बढाएको जनगुनासो बढिरहेको छ।।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार