काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले वडा नम्बर ८ ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्व बोकेको वडा रहकाे बताउनुभएकाे छ । आज वडा नम्बर ८ को नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै उपप्रमुख डङ्गोलले देखिएको समस्या र रोकिएको विकास निर्माणका कार्य छिट्टै पुनःनिर्माण हुने बताउनुभयो । उहाँले, भवन अभावमा सेवा प्रवाहमा भइरहेको कठिनाइ हटेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आज जसरी हर्षोल्लासका साथ नयाँ भवनको उद्घाटन भएको छ, त्यसरी नै यो भवनबाट निस्किदा सेवाग्राहीको मुहारमा उज्यालो देखियोस् । यति भएपछि मात्र यो भवनले पूर्णता पाउँछ । त्यसैले सेवाग्राहीको समस्यालाई प्राथमिकतामा राखेर काम गर्नुहोला ।”