काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदिप परियार नियुक्त

दक्ष खबर 15672+ समाचार ( )
५ पौष २०८०, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदिप परियार नियुक्त हुनु भएको छ । सरकारले गरेको २९ जना सहसचिव सरुवा अनुसार योजना आयोगमा रहनु भएका परियार सरुवा हुनु भएको हो ।

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई बिदामा बस्न दबाव दिएपछि उहाँ बिदामा रहानु भएको थियो । अधिकारीको बिदाबाटै मधेशी आयोगको सचिवमा सरकारले सरुवा गरेको छ ।

यसैबिच,सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवको सरुवा गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो । ३ दिनपछि सरुवाको सूची सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार