काठमाडौँ । नेपाल विद्यार्थि संघ केन्द्रिय समितिले भुकम्प प्रभावित जाजरकोटका विद्यालयको पुन निर्माण गर्ने क्रममा श्री भेरि त्रिवेणि मा.वि मा ६ कोठे अस्थाई (टीएलसी) भवन हस्तान्तरण गरेको छ ।
कार्तिक १७ गते गएको विनासकारी भुकम्पमा ३९८ विद्यालय पूर्ण रुपमा क्षतिग्रस भएको तथा ५० हजार भन्दा धेरै विद्यार्थीको पढाई प्रभावित भएको थियो ।
दुई वटा विद्यालय पुर्ण रुपमा निर्माण गर्ने तथा तत्काल पठनपाठन सुचारु गर्नका लागि थप दुई अस्थाई भवन समेत बनाउने प्रतिवद्धता अनुसार ने. वि. संघ केन्द्रिय अध्यक्ष दुजाङ्ग शेर्पाले आज एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभएको हो ।
भुकम्प पश्चात पूर्ण रुपमा क्षति भएको विद्यालयमा पछिल्लो एक हप्तादेखि खुल्ला चौरमा अध्ययन/अध्यापन हुदैँ आएको थियो ।
त्रिबेणि मा. वि.को ६ कोठे भवन हस्तान्तरण भए सँगै जुनिचादे गा.पा मा रहेको शिवपुरि मा.वि को ६ कोठे एलटीसि भवन निर्माण सुचारु गर्दैछ ।
भवन निर्माण सँगै तीन सय सेट शैक्षिक सामाग्री, ६ सेट वाइट बोर्ड छ सेट बोर्ल मार्कल लगायतका अन्य शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।
ने. वि.संघ केन्द्रिय सदस्य नारायण पाण्डेका अनुसार हस्तान्तरण गरिएको उक्त भवन भुकम्प पश्चात सम्पन्न भएको पहिलो भवन रहेको र भोलि देखि नै पठन पाठन सुचारु हुने बताउनुभयो ।