गोकर्णेश्वर नगरपालिकामा न्यायिक समिति सम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रम सम्पन्न

दक्ष खबर 15665+ समाचार ( )
१८ आषाढ २०८२, बुधवार

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकामा राष्ट्रिय न्यायिक प्रतिष्ठान र पूर्व न्यायाधीश फोरम, नेपाल न्यायिक समितिको लागि आयोजित दुईदिने प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमलाई कुल आठ सत्रमा विभाजन गरिएको थियो । पहिलो दिनको पहिलो सत्रमा "स्थानीय निकायका न्यायिक समिति सञ्चालनका सिद्धान्त, व्यवहार र अधिकार क्षेत्रको प्रयोग" विषयमा पूर्व न्यायाधीश सहदेवप्रसाद बास्तोलाले प्रशिक्षण दिनुभएको थियो।

दोस्रो सत्रमा "कार्यविधि कानूनमा देखिएका समस्याहरू" विषयमा पूर्व न्यायाधीश राजेन्द्रकुमार भण्डारीले प्रशिक्षण दिनुभयो।

तेस्रो सत्रमा "प्रारम्भिक छलफल तथा प्रमाण संकलनका आदेश" विषयमा पूर्व न्यायाधीश शम्भुबहादुर खड्काले प्रशिक्षण दिनुभयो।

चौथो सत्रमा "सुनुवाइको चरणमा गरिने आदेश" विषयमा पूर्व न्यायाधीश चण्डीराज ढकालले प्रशिक्षण दिनुभयो।

त्यस्त‌ै, दोस्रो दिनको पहिलो सत्रमा "मेलमिलाप प्रक्रियाको सञ्चालन र अनुगमन" सम्बन्धी प्रशिक्षण पुनः पूर्व न्यायाधीश चण्डीराज ढकालले दिनुभयो।

दोस्रो सत्रमा "फैसला र यसको कार्यान्वयनमा देखिने समस्या" विषयमा पूर्व न्यायाधीश यज्ञप्रसाद बस्यालले प्रशिक्षण दिनुभयो।

तेस्रो सत्रमा "जिल्ला अदालत र न्यायिक समितिबीचको सम्बन्ध" विषयमा पूर्व न्यायाधीश प्रभा बस्नेतले प्रशिक्षण दिनुभयो।

चौथो तथा अन्तिम सत्र खुला छलफलको रूपमा सञ्चालन गरिएको थियो, जसको संयोजन पूर्व न्यायाधीश यज्ञप्रसाद बस्यालले गर्नुभएको थियो।

यस दुईदिने प्रशिक्षण कार्यक्रमले न्यायिक समिति सदस्यहरूलाई कानून, प्रक्रिया र व्यावहारिक पक्षबारे थप सशक्त र जानकार बनाउन सहयोग पुर्याएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार