मानसिक समस्या बुझाउने नाटक `मनका कुरा´

दक्ष खबर 6086+ समाचार ( )
१५ पौष २०८०, आइतबार

मानव मस्तिष्कले गर्ने विभिन्न कार्य बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या भन्ने बुझ्नुपर्छ । मानसिक समस्या जुनसुकै उमेर समूहका मान्छेलाई हुन्छ । बालबालिका, वयस्क, वृद्ध वृद्धा सबैलाई हुन्छ । यो दीर्घकालीन समस्या पनि हो । यो रोग लागेपछि छिटै निको हुँदैन । जसले गर्दा यस्तो रोग लागेका मान्छेको दैनिकीमा ठुलो असर गरिरहेको हुन्छ । हेर्दा स्वस्थ  मान्छेजस्तो देखिए पनि मानसिक सन्तुलन ठिक हुँदैन । मानसिक समस्या विभिन्न प्रकारका हुन्छन् । डिप्रेसन, एन्जाइटी डिसअर्डर, निद्रासम्बन्धी रोग, मानसिक असन्तुलन लगायत मानसिक समस्या नेपालमा धेरैजसोमा देखिने गरेको छ। मानसिक स्वास्थ्यलाई स्वास्थ्यको अभिन्न अङ्गको रूपमा लिएता पनि यसको प्रवर्द्धनका लागि व्यक्तिगत तथा सामुदायिक स्तरमा धेरै काम भएको पाइँदैन । यसै कुरालाई मध्यनजर गर्दै मनोसामाजिक एवं मानसिक स्वास्थ्यको बारेमा दृश्य सादृश्य नाटक समूहले बागमती प्रदेशको विभिन्न स्थानमा नाटक “मनका कुरा” मञ्चन गरेको छ।कोसिस नेपालको सहयोगमा मञ्चन भएको नाटकमा परिवारको एउटा सदस्यलाई समस्या पर्दा उसले परिवार एवं  समाजमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कसरी प्रभाव पार्दछ, समस्या बल्झिँदै जाँदा त्यसको असर कस्तो सम्म हुन सक्छ भन्ने कुरालाई कलात्मक तरिकाले प्रस्तुत गरिएको थियो । नाटकले परिवारको समस्या परिवारले नै मिलेर समाधान खोज्नु पर्ने, सामाजिक रुपमा आवश्यक सकारात्मक सहयोगले मात्र सुन्दर समाज निर्माण हुन सक्ने सन्देश दिन खोजेको छ।सालिक भण्डारीको लेखन र सरस्वती अधिकारीको निर्देशन रहेको नाटकमा दिवाकर घिमिरे, दीपमाला परियार , शान्ति भट्टराई , प्रतीक दुलाल, उन्नत उप्रेती, अस्मिता ढकाल, सरस्वती अधिकारी, सालिक भण्डारीको जीवन्त अभिनय रहेको छ।

मानसिक स्वास्थ्यमा रहिआएको समाजको लाल्छना र बिभेद्लाई सबै तवर वाट हटाउनु पर्ने, मानसिक स्वास्थ्य शिक्षा र साक्षरतामा वृद्धि गर्नु पर्ने, जस अन्तर्गत मानसिक स्वास्थ्यको बारेमा खुल्ला रुपमा छलफल एवं जनचेतनामूलक कार्यक्रम गर्नु पर्ने ,गुणस्तरीय मानसिक सेवामा पहुँच बढाउनु पर्ने नाटकका लेखक भण्डारीले बताए।नाटकलाई बागमती प्रदेशको विभिन्न स्थानमा प्रदर्शन गरिसकेको र उक्त नाटकको प्रतिक्रियाले सामाजिक विषयमा थप जिम्मेवार र संयम बनाएको नाटकका निर्देशक एवं दृश्य सादृश्यका अध्यक्ष सरस्वती अधिकारीले बताउनु भयो।कोसिस नेपालको कार्यक्रम संयोजक थम कुमारी कुँवरलेले समस्या आउँदा आफ्नो विश्वासिलो व्यक्ती सँग मनको कुरा साटासाट गर्दै मानसिक स्वास्थ्य सेवा लिनको लागि आफ्नो नजिकैको स्वास्थ्य केन्द्रमा गएर, आफ्नो समस्याको बारेमा स्वास्थ्यकर्मीसँग सहयोग लिएर, मानसिक स्वास्थ्य सेवा भएको स्वास्थ्य केन्द्र, मेडिकल कलेज, प्रदेश स्तरको अस्पताल, निजी अस्पताल आदिमा गएर उपचार गर्न आग्रह गर्नुभयो। यदि आत्महत्या जस्तो गम्भीर विचार आइरहेको छ भनी ११६६ मा फोन गरेर पनि मद्दत लिन सकिने वहाँले बताउनु भयो।नाटकलाई  काठमाडौँ ,मकवानपुर,नुवाकोटको विभिन्न स्थानमा प्रदर्शन गरिसकिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार