पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पाँच महिना पछि स्वदेश फिर्ता (तस्बिरसहित)

दक्ष खबर 17388+ समाचार ( )
२७ श्रावण २०८३, बिहीबार

काठमाडाैं । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचार पश्चात आज स्वदेश फर्किनुभएको छ ।  उहाँ बिहीबार दिउँसो साढे १२ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किनुभएको हो ।

गत भदौ २४ गते ‘जेन–जी आन्दोलन’का क्रममा गम्भीर घाइते हुनुभएका देउवा उपचारका लागि धर्मपत्नी एवं परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासहित सिङ्गापुर प्रस्थान गर्नुभएको थियो । सिङ्गापुरमा स्वास्थ्योपचार गराएपछि उनी थाइल्याण्ड हुँदै काठमाडौँ अवतरण गर्नुभएको हो ।

विमानस्थलमा उहाँलाई स्वागत गर्न नेपाली काँग्रेसका नेताहरूको बाक्लो उपस्थिति रहेको थियो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार