राजावादीहरुले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै

दक्ष खबर 15668+ समाचार ( )
१७ जेठ २०८२, शुक्रबार

काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा राजावादीहरुले आज प्रदर्शन गर्ने भएका छन् ।

राजावादी समूहले शुक्रबार राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएका हुन् । बिहीबार यो समूहले राजधानीको शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गरेका थिए ।

राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाका साथै संघीयता खारेजीको माग गरेर बिहीबारदेखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् ।

राजावादी समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन आबद्ध छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार