जनताको अधिकार हनन् नगर्न आन्दोलनकारीलाई राष्ट्रिय मानव अधिकार आयोगकाे आग्रह

दक्ष खबर 15672+ समाचार ( )
७ मंसिर २०८०, बिहीबार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जनताको आवातजावत गर्न पाउने अधिकार हनन् नगर्न आन्दोलनकारीलाई आग्रह गरेको छ ।

दुुर्गा प्रसाई समूहले बल्खुमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्दा पेशा व्यवसाय गरेका मानिसहरु, बालबालिका तथा सर्वसाधारण एवं अस्पतालमा उपचाररतलाई पनि असर परेको आयोगले जनाएको छ ।

आयोगका अध्यक्ष तपबहादुर मगरले प्रसाई समूहलाई आन्दोलन मर्यादित बनाउने गरी पुनर्विचार गर्न आग्रह गर्नुभएकाे छ । 

युवा संघले काठमाडौँको तिनकुनेमा गरेको कार्यक्रम भने शान्तिपूणर्रुपमा सम्पन्न भएको उहाँले बताउनुुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार