महानगरले चलायो कवाड संकलन केन्द्रमा डोजर  (तस्विरसहित)

दक्ष खबर 13091+ समाचार ( )
४ वैशाख २०८२, बिहीबार

काठमाडौँ । काठमाडौं महानगरपालिकाले काठमाडौंमा कवाड संकलन केन्द्रमा डोजर चलाएको छ ।

नगर प्रहरी बलले बालकुमारी पुल क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रमा डोजर चलाएको हो ।

पटक पटक सूचना दिँदा पनि अँटेर गरेपछि डोजर चलाइएको महानगरले जनाएको छ ।

महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै कवाड संकलन केन्द्र हटाउने भन्दै चालेको ‘डोजर अभियान’ चलाउने निर्णय यसअघि नै गरेको थियो । त्यसका विरुद्ध कवाड व्यवसायीहरुले सडक आन्दोलन समेत गर्दै आइरहेका छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार