काठमाडौँ । लायन्स क्लब अन्तराष्ट्रिय ३२५ जे को प्रथम क्याबिनेट बैठक सम्पन्न भएको छ । २०२३\२०२४ को प्रथम क्याबिनेट बैठक काठमाडौँको धुम्बाराहीस्थित कुण्डलिनी दरबार बैंकेटमा सम्पन्न भएको हो ।
साहसिक सुरुवात भन्ने मुल नारालाई आत्मसाथ गर्दै लायन्स क्लब अन्तराष्ट्रिय ३२५ जेले आयोजना गरेको कार्यक्रमको अध्यक्षता डिस्ट्रिक गभर्नर लायन हरि प्रसाद मरहठाले गर्नुभएको थियो भने, प्रमुख अतिथिका रुपमा अन्तराष्ट्रिय डाइरेक्टर लायन बालकृष्ण बुर्लाकोटी, विशिष्ट अतिथि पि आइ डि लायन संजय खेतानको उपस्थितमा कार्यक्रम सम्पन्र भएको हो ।
त्यसैगरी विशेष अतिथिका रूपमा लायन खगेन्द्र सिटौला, लायन केशब पाण्डे , लायन विशेस्वर आचार्य, निवर्तमान डिस्ट्रिक गभर्नर धुर्ब श्रेष्ठ, पी डी जी लायन ध्रुब थापा, लायन योगेन्द्र प्रधान र लायन प्रेम बहादुर श्रेष्ठको उपस्थिति रहेको थियो। प्रमुख अतिथि बुर्लाकोटीले लायन्स अन्तराष्ट्रियको वर्तमान तथा भविष्यको योजना र लायन्स क्लब तथा सदस्यको भूमिका कस्तो रहनु पर्छ भन्ने विषयमा आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी विशेष अतिथिको रुपमा पि आइ डि लायन संजय खेतानले नेपालमा लायानिजमको विकास र विस्तारमा गरेको ऐतिहासिक उपलब्धिलाइ लायन्स अन्तराष्ट्रियले सधै प्रसंसा गरेको सन्दर्भलाइ ब्यक्त गर्नुभयो।
डिस्ट्रिक ३२५ जेको प्रमुख कार्यक्रम अन्तर्गत बि एस एफ फण्ड स्थापना गरि समाजमा उत्कृष्ट योजना भएका कम अवसर पाएका व्यक्तिहरुको लागि स्टार्ट अप फण्ड प्रदान गर्ने गरि उधमशिलताको विकास र सामाजिक सेवालाई संगै जोडेर अगाडी बढ्ने र उत्कृष्ट डिस्ट्रिक निर्माण गर्नका लागि सबै संग सहकार्य गर्ने कुराको चिफ एड्भाइजर एबम् बि एस एफको कोर्डिनेटर लायन देबी गुरुङ्गले जानकारी गराउनुभयो ।