विपद र चाडपर्वसँगै आएकाले हवाई चाप बढेको हो : पर्यटनमन्त्री

दक्ष खबर 16456+ समाचार ( )
१८ अशोज २०८१, शुक्रबार

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले विपद र चाड सँगै आएका कारण हवाई चाप बढेको बताउनु भएको छ । 

शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाल हवाई नियन्त्रक संघको २३औँ वार्षिक साधरण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनु भएको हो । मन्त्री पाण्डेले भन्नु भयो, विपद र महान चाडहरुसँगै आएका कारण हवाई चाप बढेको छ । यसलाई कसरी न्यायोचित बनाउने भनेर कुरामा हामी निरन्तर काम गरिरहेका छौं । मन्त्री पाण्डेले यात्रुहरुको सहजताका लागि मन्त्रालयले निरन्तर काम गरिरहेको बताउनु भयो ।

उहाँले पर्यटनमन्त्रालय सम्बद्ध संस्कृति,पर्यटन र हवाई नीतिहरु परिमार्जनको क्रममा रहेको  बताउँदै ऐन नीतिहरु बनाएर सुदृढिकरण गर्ने उद्घोष गर्नु भयो । मन्त्री पाण्डेले टे«ड युनियन लगायतका संघ,संस्थाहरुले सत्य,तथ्य कुरा मात्रै पस्कनु पर्नेमा जोड दिनु भयो । मन्त्री पाण्डेले नेपालको हवाइ आकाश सुरक्षित रहेको छ भन्ने सन्देश दिन समेत अनुरोध गर्नु भएको छ । 

मन्त्री पाण्डेले आज नै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यातायातसम्बन्ध पदाधिकारीहरुसँग छलफल गर्नु भएको छ । साथै उहाँले त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलको टावरको समेत अवलोकन गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार