नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणको अनुसन्धानमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ : गगन थापा

दक्ष खबर 5405+ समाचार ( )
२१ वैशाख २०८०, बिहीबार

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणको अनुसन्धानका क्रममा गृह प्रशासनको प्रयास प्रशंसनीय रहेको बताउनु भएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्देै," नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणको अनुसन्धानका क्रममा 'ठगि  गिरोहको भिआइपी जालो'उजागर हुँदै गएको छ। 

यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ। यो घटना होइन प्रवृत्ति हो।अझै गहिरोसँग अनुसन्धान होस्। कोही नछुटुन। संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानून भन्दा माथि कोही हुँदैन।" यस्तो बताउनुभएको हो । 



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार