प्रकाश सपुत र कुशुम शर्माको अभिनयमा 'माया गरिदेउ' गीत सार्वजनिक
१० आषाढ २०८०, आइतबार
काठमाडौँ । प्रकाश सपुत र कुशुम शर्माको अभिनयमा 'माया गरिदेउ' बोलको गीत सार्वजनिक भएको छ ।
गायक निशान भट्टराई र जेनिसा गौतमको स्वरमा रहेको गीतमा जिवन भण्डारीको शब्द रहेको छ । गीतमा सुवास भुषालको संगीत रहेको छ भने, उदय राज पौडेलले एरेन्ज गर्नुभएको छ ।
प्रकाश सपुत र कुशुम शर्माको अभिनय रहेको उक्त गीतको भिडियो मान सिंह मर्हजनले छायाँकन गर्नुभएकाे हो । गीतको भिडियोमा प्रकाश सपुत र कुशुम शर्माको निकै रोमान्चक दृश्य देखाइएको छ ।
सुनिल विश्वकर्माको निर्देशनमा तयार भएको गीतको भिडियोलाई प्रविण भट्टले सम्पादन गर्नुभएकाे हो ।