काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २९औँ महानगर दिवस २०८० का अवसरमा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।
आज दशरथ रङ्गशालामा भएको खेलमा कर्मचारीहरूले जनप्रतिनिधिहरूलाई ५-३ गोल अन्तरले पराजित गरेको हो ।
खेलमा कर्मचारीका तर्फबाट जीवन थापाले ३ गोल गर्नु भएको थियो भने, सविन लामाले २ गोल गर्नुभएको हो ।
यसैगरी, जनप्रतिनिधिका तर्फबाट प्रेम थापाले १ गोल गर्नुभएको थियो भने नविन भण्डारीले २ गोल गर्नुभएको थियो ।
त्यस्तै, महानगर दिवसकाे कार्यक्रमअन्तर्गत २७ गते बाँसुरी बादन प्रतियोगिता, २८ गते गुरु सम्मान र २९ गते मूल समारोह हुने जनाइएको छ ।
महानगर दिवस, प्रतियोगिता सञ्चालन उपसमितिले खेलको आयोजना गरेको हो ।
खेलमा जनप्रतिनिधिहरूको नेतृत्व महानगर प्रमुख बालेन्द्र शाहले गर्नु भएको थियो भने, कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गर्नुभएको थियो ।