उद्यानबाट धेरै स्थानीय तहले राम्रो आम्दानी गरिरहेको जनाउँदै यस तर्फ सबै स्थानीय तहले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । उहाँले उद्यानलाई पर्यटकीयस्थल तथा विद्यार्थीको सिकाइ थलोका रुपमा पनि अगाडि बढाउन सकिने बताउनुभयो ।
उक्त उद्यान लमही नगरपालिका–५ बसपार्कदेखि उत्तरतर्फ रहेको छ । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा उद्यान सञ्चालनमा आएको वनका अध्यक्ष पवन शर्माले बताउनुभयो । सोही ठाउँमा ३० बिघा जग्गा छ ।