काठमाडौँ । प्रहरी वृत गौशलाको नवनिर्मित भवनको समुद्घाटन गरिएको छ । आज प्रहरी वृत गौशालाको हाताभित्र पुर्ननिर्मीत संरचनाहरुको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा, काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगत, कामपा ७ का वडाअध्यक्ष विमल होडा लगायतले संयुक्तरूपमा समुद्घाटन गरिएको हो ।
नवनिर्मित भवनको उद्घाटन समारोहमा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले,'जेनजी आन्दोलनपछि जलेर नष्ट भएका प्रहरी वृतहरुको पुर्नसंरचना निर्मांणमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिनुभयो।'
उहाँले, ‘भदौ २४ गते सार्वजानिक संरचना तोडफोड, आगजनी हामीले कल्पना पनि नगरेको दिन हो । त्यसरी सम्पूर्ण सार्वजानिक सम्पति जलेर नष्ट भएको अवस्थामा यहाँहरु जस्तो व्यक्तिहरु आएर प्रहरीलाई फेरी जिम्मेवारीमा फर्काउन साथ, सहयोग र हौसला दिनुभयो त्यसैको उपज हो आजको दिन भन्ने मलाई लाग्दछ ।’
उहाँले, 'मुलुकमा सुशासन र भष्ट्रचाररहित राज्य संरचना, निष्पक्ष पारदर्शी सेवाको अपेक्षा सहित युवाहरुले आन्दोलन गरेको भन्दै त्यस कठिन समयमा मानवताको पहिचान भएको बताउनुभयो ।'
‘वास्तवमा मानिसको पहिचान कठिन समयमा हुने रहेछ र मानवताको पहिचान पनि कठिन समयमा हुने रहेछ । हामीले देख्यौ, भोग्यौ भदौ २३ गतेको आन्दोलनको हामी सबैलाई ज्ञात छ । मुलुकमा सुशासन र भष्ट्रचाररहित राज्य संरचना, निष्पक्ष पारदर्शी सेवाको अपेक्षा सहित युवाहरुले आन्दोलन गरेका थिए,’ उहाँले बताउनुभयो ।
उहाँले जिल्ला प्रहरी परिसर मातहत रहेको १२९ वटा भवनमा आगजनी र तोडफोड भएकोमा गौशला वृत, बालाजु, जनसेवा, बानेश्वरलगायत धेरै कार्यालयहरु स्वस्फुर्तरुपमा सुचारु गरिएको बताउनुभयो ।
त्यस्तै,काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगतले,' प्रहरीको आवश्यकता जेनजी आन्दोलनका बेलामा सबैले महशुस गरेको बताउनुभयो ।'
उहाँले,"भदौ २३ गते जुन प्रकारको घटना घट्यो यो कसैले पनि कल्पना नगरेको बताउनुभयो ।" वडाअध्यक्ष संगतले, प्रहरी कार्यालयको पुनः निर्माण सँगसँगै प्रहरीको आत्मबल बढाउन स्थानिय तहहरूले समेत उल्लेख भुमिका खेलिरहेको बताउनुभयो । उहाँले, काठमाडौँ महानगरपालिका वडा ८ ले समेत यहाँ संरचना निर्माण गरिरहेको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा थापाले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न व्यक्ति तथा संस्थाहरूलाई प्रशंसापत्र तथा कदरपत्र समेत प्रदान गरेका हुन् ।