गृहमन्त्री सुधन गुरुङ र बिचौलिया दिपक भट्ट बीच आर्थिक सम्बन्ध !

दक्ष खबर 16465+ समाचार ( )
५ वैशाख २०८३, आइतबार
काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनका क्रममा प्रहरी हिरासतमा रहेका बिचौलिया दिपक भट्ट र वर्तमान गृहमन्त्री सुधन गुरुङबीच आर्थिक सम्बन्ध देखिने प्रारम्भिक प्रमाण फेला परेको छ। अनुसन्धानमा संलग्न स्रोतका अनुसार भट्टसँग सम्बन्धित ‘स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड’मा गुरुङको साझेदारी रहेको विवरण भेटिएको हो।

कम्पनीको साझेदार सूचीमा ४९ नम्बरमा गोरखा चुमनुब्री गाउँपालिका–२ निवासी दिलबहादुर गुरुङका छोरा सुधन गुरुङको नाम उल्लेख गरिएको पाइएको छ। उक्त विवरणमा गुरुङको नागरिकता नम्बर ११३७९ राखिएको छ भने उनको नाममा करिब २५ लाख रुपैयाँ बराबरको सेयर जारी गरिएको देखिन्छ।

तर, गृहमन्त्री गुरुङले पदभार ग्रहण गरेपछि सार्वजनिक गरेको सम्पत्ति विवरणमा सो सेयरको उल्लेख नभएको खुलेपछि विषयले थप गम्भीर मोड लिएको छ। कानुनी रूपमा सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्नो सम्पूर्ण सम्पत्ति विवरण पारदर्शी रूपमा घोषणा गर्नुपर्ने व्यवस्था रहेको अवस्थामा यस्तो विसंगतिले प्रश्न उठाएको छ।

प्रहरी स्रोतका अनुसार भट्टविरुद्ध चलिरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा कम्पनीसम्बन्धी कागजातहरू अध्ययन गर्दा यो सम्बन्ध उजागर भएको हो। यद्यपि, उक्त सेयर सक्रिय लगानी हो वा नाम मात्रको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

यस विषयमा गृहमन्त्री गुरुङको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन। राजनीतिक वृत्तमा भने यो प्रकरणले पारदर्शिता, जवाफदेहिता र नैतिकताको बहसलाई पुनः चर्काएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार