सार्कका नयाँ महासचिवद्वारा कार्यभार ग्रहण

दक्ष खबर 15660+ समाचार ( )
११ कार्तिक २०८०, शनिबार


काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का नवनियुक्त महासचिव गोलाम सरवरले कार्यभार सम्हाल्नुभएको छ । सार्क मन्त्रिपरिषद्ले उहाँको नियुक्तिलाई अनुमोदन गरेसँगै उहाँले गत मङ्गलबारदेखि कार्यभार सम्हाल्नुभएको सार्क सचिवालयले आज जनाएको छ । नवनियुक्त महासचिव सार्कको १५औँ महासचिव हुनुहुन्छ । उहाँ बङ्गलादेशको प्रतिनिधित्व गर्ने तेस्रो कूटनीतिक कर्मचारी हुनुहुन्छ । सन् १९९१ मा बङ्गलादेशको कूटनीतिक सेवा प्रारम्भ गर्नुभएका महासचिव सरवरले मलेसिया, ओमन, स्वीडेनमा बङ्गलादेशी राजदूतका रूपमा सेवा गरिसक्नुभएको छ । उहाँले क्वालालम्पुर, काठमाडौँ, याङ्गुन र वाशिङ्टन डिसीमा पनि बङ्गलादेशको कूटनीतिक अधिकारीका रूपमा काम गरिसक्नुभएको छ । सन् १९६६ मा जन्मनुभएका महासचिव सरवरले वाणिज्यशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ । उहाँले जर्मनीबाट कूटनीतिसम्बन्धी तालिम पनि लिनुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार