दोस्रो ‘प्रयागराज सिंह सुवाल स्मृति फुटसल प्रतियोगिता’ तस्रो दिन आज चार खेल सम्पन्न

दक्ष खबर 11036+ समाचार ( )
३ अशोज २०८१, बिहीबार

काठमाडौँ । जारी दोस्रो ‘प्रयागराज सिंह सुवाल स्मृति फुटसल प्रतियोगिता’ तस्रो दिन आज चार खेल सम्पन्न भएको छ ।  

काठमाडौँ महानगरपालिका वडा न २३ को आयोजनामा जारी दोस्रो ‘प्रयागराज सिंह सुवाल स्मृति फुटसल प्रतियोगिता’ लैनचौरस्थितखेल मैदान जारी रहेको हो ।  

आज भएको पहिलो खेलमा वडा नं. १२ र वडा नं. २ बिच भएको खेलमा २-१ गोल अन्तरले वडा नं. १२ विजयी भएको थियो । खेलमा खेलमा विकेश शाही तथा मनोज महर्जनले समान एक्ष एक गोल गरेका थिए भने, वडा नं. २ बाट सुजन रसिकले १ गोल गरेका थिए । खेलमा वडा नं. १२ का राज शाही म्यान अफ द म्याच घोषित भएका थिए । 

त्यस्तै आजै भएको दोस्रो खेलमा वडा नं. ५ र वडा नं. १७ बिचको खेलमा वडन नं. ५ ३-० गोल अन्तरले बिजयी भएको छ । त्यस्तै, सो खेलमा राकेश श्रेष्ठ, एक्देश कार्की र सुजित प्रजापतिले समान १/१ गोल गरेका थिए । सो खेलमा वडा नं. ५ का सुजित प्रजापति म्यान अफ द म्याच घोषित भएका हुन । 

त्यस्तै आजै भएको तेस्रो खेलमा वडा नं. ४ र वडा नं. २६ बिचको खेलमा वडा नं २६ १-२ गोल अन्तरले विजयी भएको छ । सो खेलमा समान अंक भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । सो खेलमा वडा नं. २६ का प्रशान्त रसिक म्यान अफ द म्याच घोषित भएका थिए । 

त्यस्तै, आजै भएको चौथो खेलमा वडा नं ३२ र वडा नं. १८ बिचको खेलमा वडा नं. ३२ १-० गोल अन्तरले बिजयी भएको छ । सो खेलमा प्रताप शाक्यले गो १ गोल गर्नुभएको थियो । सो खेलमा शाक्य म्यान अफ द म्याच घोषित हुनुभएको थियो । 

भोली बिहान हुने पहिलो खेलमा वडा नं. ८ र वडा नं. १३ बिच प्रतिस्पर्धा हुनेछ ।  खेलका विजेता टीमले २ लाख रुपैयाँ, उपविजेता टीमले १ लाख रुपैयाँ पुरस्कार पाउने छन् भने, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र गोलरक्षक १/१ जनालाई १० हजार रुपैयाँसहितको पुरस्कृत गरिनेछ  । 

खुला उमेर समूहका पुरुष खेलाडी बिच हुने खेल हुनेछ । नकआउटका आधारमा हुने खेल हरेक दिन बिहान ८ बजेदेखि १२ बजेसम्म हुनेछ । खेल असोज ९ गतेसम्म सञ्चालन हुनेछ ।   

प्रतियोगितामा ३२० युवाले प्रत्यक्ष प्रतिस्पर्धा गर्ने र ५ सय युवा कार्यक्रमका लागि परिचालित हुने अपेक्षा गरिएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार