काठमाडौँमा कर्फ्यू तथा निषेधाज्ञा हट्यो, निषेधित क्षेत्र सम्बन्धी आदेश कायमै

दक्ष खबर 15668+ समाचार ( )
२८ भाद्र २०८२, शनिबार

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लामा लगाएको कर्फ्यू तथा निषेधाज्ञा हटाएको छ । शनिबार एक सूचना जारी गर्दै जिल्लामा लगाएको कर्फ्यू तथा निषेधाज्ञा हटाए पनि निषेधित क्षेत्र सम्बन्धी आदेश भने कायमै रहेको जानकारी दिएको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालले गत २६ गतेको प्रमुख जिल्ला अधिकारी छवि रिजालको आदेश कायमै रहेको जानकारी दिए ।  

‘यस जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणको आधारमा जिल्लामा लगाइएको कर्फ्यू तर, सुरक्षा तथा निषेधाज्ञा मिति २०८२/०५/२८ गते देखि हटाईएको छ,’ विज्ञप्तिका लेखिएको छ,‘ संवेदनशीलताको आधारमा मिति २०८२/०४/२६ गतेको प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार विभिन्न स्थानमा तोकिएको निषेधित क्षेत्र सम्बन्धी आदेश भने कायमै रहेको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ,’ सूचनामा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार