काठमाडौँ । सेन्ट लरेन्स कलेजले 'केन्द्रविन्दु प्लस टु एक्सिलेन्स एजुकेसन अवार्ड' प्राप्त गरेको छ ।
चावहिलमा अवस्थित कलेजले प्लस टु लेवलमा राम्रो शिक्षा प्रदान गरे बापत 'केन्द्रविन्दु प्लस टु एक्सिलेन्स एजुकेसन अवार्ड' प्राप्त गरेको हो ।
प्रेसिडेन्टल विजनेस स्कुल, माई सेकेन्ड टिचर तथा केन्द्रविन्दु मिडियाको आयोजनामा आयोजना हुने कार्यक्रममा सेन्ट लरेन्स कलेजलाई 'केन्द्रविन्दु प्लस टु एक्सिलेन्स एजुकेसन अवार्ड' प्रदान गरिने भएको हो ।
बुधबार आयोजना हुने एक कार्यक्रमका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले उक्त अवार्ड प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ ।