इन्द्रध्वजको लिंगो ढालेसँगै इन्द्रजात्राको समापन (तस्विरसहित)

दक्ष खबर 16458+ समाचार ( )
२६ भाद्र २०८२, बिहीबार

काठमाडौँ ।  काठमाडौँको बसन्तपुर क्षेत्रमा रथ तानेर र लिंगो ढाली, परम्परागत रूपमा इन्द्रजात्राको समापन गरिएको छ । स्थानीयवासीहरूले ऐतिहासिक र सांस्कृतिक विधिअनुसार इन्द्रजात्राको रथ र इन्द्रध्वज (लिंगो) ढालेर यो पर्वको औपचारिक अन्त्य गरेका हुन् ।

वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा इन्द्रजात्रा पर्व श्रद्धापूर्वक मनाउने गरिन्छ । यस पर्वलाई नेवार समुदायमा ‘येँया पुन्हि’ नामले पनि चिनिन्छ ।

१२औँ शताब्दीदेखि १८ औं शताब्दीसम्म निर्मित प्रशस्त मठमन्दिरहरूले सजिएको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको मूल स्थल हो ।

काठमाडौंमा मनाइने जात्रामध्ये इन्द्रजात्रा अत्यन्त महत्वपूर्ण मानिन्छ, जसले धार्मिक, सांस्कृतिक र सामाजिक विविधता झल्काउँछ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार