काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा एसईई दिएर बसेका विद्यार्थीहरूको नजरमा कुमारी कलेज/केब्स कलेज पर्न थालेको छ । सिन्धुपाल्चोकदेखि काठमाडौँको चावहिल क्षेत्रसम्मका विद्यार्थीहरूको रोजाइमा कुमारी कलेज/केब्स कलेज पर्न थालेको हो ।

काठमाडौँ महानगरपालिका वडा ६ टुसालमा अवस्थित कुमारी आवासीय माध्यमिक विद्यालय एवं केब्स कलेजमा एसईई परीक्षामा उत्तिर्ण एवं ४ जिपिए प्राप्त गरेका विद्यार्थीहरूको रोजाइमा कलेज समावेश भएको छ ।
३८ वर्ष पुरानो विरासत कायम गरेको कुमारी कलेज/केब्स कलेजले विद्यार्थीहरूको मन मस्तिष्कमा स्थान ओगट्न थालेको कुमारी कलेज/केब्स कलेजका प्रधानाध्यापक गोविन्द प्रसाद दंगालले बताउनुभयो ।
उहाँले कक्षा ११/१२ तर्फ शिक्षा, विज्ञान, व्यवस्थापन संकाय, मानविकी, कानुन, म्यानेजमेन्ट संकाय लगायतका विषय अध्यायनरत रहेको कलेजमा एसईईमा उत्कृष्ट नतिजा सहित उत्तिर्ण विद्यार्थीहरू सन्दिप थापा तथा एलिसा रावतको आफ्नो शिक्षाका लागि छनोट गरेको बताउनुभयो ।
एसईईमा प्राप्त ४ जिपिए नतिजाका आधारमा उनिहरू ११/१२ तर्फ उत्कृष्ट विद्यालयको खोजीमा रहेका थिए ।एलिशा राउतले केब्समा साइन्स अन्तर्गत बायोलोजी विषय अध्ययन गर्दै छन् भने, सन्दिप थापाको रोजाईमा म्यानेजमेन्ट विषय परेको छ । त्यस्तै, प्रिति पौडेल भने, निसान अन्तरगतको विद्यालयकाे विद्यार्थी भएकाले कलेजले सम्मान गरेको हो ।
केब्समा सिन्धुपाल्चोकका विद्यार्थी मेलम्ची, हेलम्बु सहित काठमाडौँको गोकर्णेश्वर नगरपालिका तथा कागेश्वरी मनोहरा नगरपालिकाको विद्यार्थीहरूको नजरमा उत्कृष्ट रहदैँ आएको प्रधानाध्यापक गोविन्द प्रसाद दंगालले बताउनुभयो ।
सिन्धुपाल्चोक, मेलम्ची तथा हेलम्बुका विद्यार्थी सहित गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका विद्यार्थीहरुले कुमारी कलेजको शैक्षिक वातावरण र फरक विशेषताहरुका कारण आफूले यस कलेजलाई रोजेको बताउने गरेको प्रधानाध्यापक दंगालले बताउनुभयो ।
विभिन्न किसिमका छात्रवृत्तिहरू रहेको केब्समा विभिन्न प्रतिभावान विद्यार्थी, वडाअध्यक्ष छात्रवृति, प्रिन्सिपल अनर छात्रवृत्ति, संघ, प्रदेश र स्थानीय तहका छात्रवृत्ति, दुर्गम तथा विपन्न क्षेत्रका विद्यार्थीहरूलाई छात्रवृत्ति, लगायतका छात्रवृत्तिहरू रहेको प्रधानाध्यापक दंगालले बताउनुभयो ।
केब्स विगत ३८ वर्षदेखि विभिन्न क्षेत्रका विद्यार्थीहरूलाई विभिन्न किसिमका शिक्षा प्रदान गर्दै आईरहेको पूर्वी भेगको उत्कृष्ट कलेजको रूपमा परिचित रहेको छ।