काठमाडौँ । लायन्स क्लब अफ काठमाडौं योङ स्टारको ९औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। बानियाँटारस्थित “साथीको चिया गफ” मा आयोजित कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष लायन बसन्त गौतमले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा लायन वर्ष २०२५/२६ मा सम्पन्न गतिविधिबारे तत्कालीन अध्यक्ष लायन सुमन श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसैगरी सचिव सुदीप सुवेदीले सचिवीय प्रतिवेदन तथा कोषाध्यक्ष लायन ओम खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा उपस्थित लायन सोम प्रसाद अधिकारीले शुभकामना मन्तव्य दिएका थिए।
साधारण सभाले आगामी लायन वर्ष २०२६/२७ का लागि नयाँ कार्यसमिति चयन गरेको छ। जसअनुसार अध्यक्षमा लायन शशिकान्त सिटौला, प्रथम उपाध्यक्षमा लायन दिलकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा लायन सुदीप सुवेदी, सचिवमा लायन ओम खड्का र कोषाध्यक्षमा लायन मछिन्द्र बस्नेत चयन भएका छन्।