धादिङ बस दुर्घटना हुँदा १८ जनाको मृत्यु, २५ जना घाइते

दक्ष खबर 16069+ समाचार ( )
१० माघ २०८२, सोमबार

काठमाडौँ । पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस आज बिहान करिब १:३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो । बस सडकबाट ३ सय मिटर तल खसेको हो ।

दुर्घटनामा घाइते भएका २८ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसमा ४५ जना यात्रु सवार थिए । मृतक तथा घाइतेको सनाखत हुन बाँकी छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार