स्पेन भ्रमणमा सरकारी प्रतिनिधी मण्डल बाहेकको विषय छानविन गर्न गृहमन्त्रीको निर्देशन

दक्ष खबर 16456+ समाचार ( )
३० आषाढ २०८२, सोमबार

काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधी मण्डल बाहेक गएको भन्ने विषयमा निश्पक्ष छानविन गर्न निर्देशन दिनुभएको छ ।

मन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिब गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिनुभएको हो ।

“प्रधानमन्त्री ज्यूको प्रतिनिधी मण्डल बाहेक स्पेन को को गए ? कुन विधिप्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्ने विषय छानविन गर्न निर्देश गरेको छु ।” मन्त्री लेखकले,“जानका लागि भिजिट भिषाको प्रवन्ध कस्ले ग-यो? लगायतका विषयमा अनुसन्धान हुनेछ ।”

उक्त विषयको गहन छानविनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरो खटिनेछ । “यस विषयमा दोषी देखिएकाहरुलाई कारबाही गरिने छ ।” उहाँले भन्नुभयो । प्रधानमन्त्री ओली गत असार १४ गते स्पेन भ्रमणमा जानुभएको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार