गोकर्णेश्वर वडा ९ र बौद्ध ट्राफिक प्रहरीको सहकार्यमा 'कन्भेक्स ट्राफिक मिरर जडान'

दक्ष खबर 17388+ समाचार ( )
१६ जेठ २०८३, आइतबार
काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा ९ र बौद्ध ट्राफिक प्रहरीको संयुक्त सहकार्यमा वडा क्षेत्रभित्रका विभिन्न सडक तथा चोकहरूमा सडक सुरक्षा सुदृढ गर्ने उद्देश्यले कन्भेक्स ट्राफिक मिरर (Convex Traffic Mirror) जडान गरिएको छ।
सडकका मोड, साँघुरा सडक तथा दृष्टि अवरुद्ध हुने स्थानहरूमा सवारी चालक र पैदलयात्रीलाई सहज रूपमा आवागमन गर्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न उक्त ट्राफिक मिरर जडान गरिएको वडा कार्यालयले जनाएको छ। यस अभियानले सडक प्रयोगकर्तालाई अगाडिको अवस्था स्पष्ट रूपमा अवलोकन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
वडा नं. ९ का जनप्रतिनिधिहरूले स्थानीय नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता पूर्वाधार विस्तारलाई निरन्तरता दिइने बताएका छन्। बौद्ध ट्राफिक प्रहरीले पनि सडक अनुशासन, दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात व्यवस्थापनका लागि स्थानीय तहसँगको सहकार्यलाई अझ प्रभावकारी बनाइने जनाएको छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार