
प्याब्सकको अध्यक्षमा राजन श्रेष्ठ निर्वाचित

३१ वैशाख २०८०, आइतबार
काठमाडौँ । नीजि तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को अध्यक्षमा राजन श्रेष्ठ ’धरातल’ निर्वाचित हुनु भएको छ ।
शनिबार संगठनको पाँचौं अधिवेशनले उहाँलाई अध्यक्षमा निर्वाचितगरेको हो । अधिवेशनले प्याब्सकको उपाध्यक्षमा मिरा सिलवाल र पुष्पराज सिंखडालाई चयन गरेको छ ।
त्यसैगरी, सुदीप काफ्ले महासचिवमा चयन हुनु भएको छ भने, उपमहाचिवमा राजु पुडासैनी चयन हुनु भएको छ । त्यसैगरी, सचिवमा लक्ष्मी गुरुङ, कोषाध्यक्षमा राजेश्वर तिवार चयन हुनु भएको छ । सहकोषाध्यक्षमा भने, होम लक्ष्मी गुरुङ चयन हुनु भएको छ । अधिवेशन नेसलन प्याव्सनका केन्द्रीय अध्यक्ष पाण्डज हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
२०६१ सालमा स्थापित यो संस्थाले विद्यार्थीको पढाइ, शिक्षक, सञ्चालक र प्रधानाध्यापकको क्षमता विकास तथा अधिकारका क्षेत्रमा काम गर्ने गर्दछ ।
