प्रधानमन्त्रीको पहल, नदीकिनार बस्ती व्यवस्थापन गर्न प्राथमिकता

दक्ष खबर 16489+ समाचार ( )
१० वैशाख २०८३, शुक्रबार

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ उपत्यकामा वर्षौँदेखि दोहोरिँदै आएको नदीकिनार बस्तीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै ठोस कदम चाल्ने संकेत दिएका छन्। हरेक वर्ष बाढीका कारण हजारौँ नागरिक विस्थापित हुने अवस्थालाई अन्त्य गर्न सुरक्षित स्थानान्तरण योजना अघि बढाइएको हो।

प्रधानमन्त्री शाहले जोखिमपूर्ण क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई मानवीय ढंगले सुरक्षित स्थानमा स्थानान्तरण गरिने बताएका छन्। बल प्रयोग नगरी, सम्मानजनक पुनर्वासको व्यवस्था मिलाइने सरकारको नीति रहेको छ।

उनका अनुसार, थापाथली, गैरीगाउँ, मनोहरा लगायत क्षेत्रमा रहेका बस्तीहरू दीर्घकालीन जोखिममा रहेका कारण तत्काल व्यवस्थापन आवश्यक छ। यसले केवल जनजीवनको सुरक्षा मात्र होइन, काठमाडौँको ढल निकास प्रणाली सुधार र वातावरणीय सन्तुलन कायम गर्न पनि सहयोग पुग्नेछ।

सरकारले वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याएर नीति अनुसार व्यवस्थापन गर्ने योजना बनाएको छ। देशभर रहेका वास्तविक सुकुम्बासीलाई कानुनी प्रक्रिया पूरा गरी जग्गा वितरण गर्ने तयारी भइरहेको पनि प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार