काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्यका लागि विभिन्न समावेशी समूहबाट उम्मेदवारहरूको नाम छनोट गरेको छ। पार्टी सभापति गगन थापाको सभापतित्वमा आज ललितपुरस्थित बी पी स्मृति भवनमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो।
बैठकले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले प्राप्त गरेको सिट सङ्ख्याको आधारमा समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट समावेशी समूहअनुसार प्रतिनिधिसभा सदस्यका लागि नाम छनोट गरेको जनाएको छ।
कांग्रेसले आदिवासी जनजाति समूहबाट ६ जना, खस आर्य समूहबाट ६ जना, थारु समूहबाट १ जना, मधेसी समूहबाट ३ जना, दलित समूहबाट ३ जना र मुस्लिम समूहबाट १ जना उम्मेदवारको नाम छनोट गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
बैठकमा सहमहामन्त्रीहरू बहादुर सिंह लामा, कर्णबहादुर बुढा, योगेन्द्र चौधरी, उदयशमशेर राणा र प्रकाशशरण महत तथा सदस्यहरू ओमकारप्रसाद श्रेष्ठ, अमृत अर्याल, डा गोपाल दहित, राजेन्द्रकुमार केसी लगायतले आ–आफ्नो धारणा राखेका थिए।
नेपाली कांग्रेस पार्टीको तर्फबाट २० जना समानुपातिक सांसद:
क. खसआर्य
१.सुशीला ढकाल
२.रुक्मिणीदेवी कोइराला
३. रीना उप्रेती,
४. सीता थपलिया
५. गंगा शाही
६. अर्जुननरसिंह केसी
ख. आदिवासी जनजाति
७.गीताकुमारी सेन्दाङ
८. गंगालक्ष्मी अवाल
९. गीता गुरुङ
१०. रेनुका काउचा
११. सुनिताकुमारी सुवेदी
१२. भीष्मराज आङ्देम्बे
ग. मधेशी
१३.निनुकुमारी कर्ण
१४.रेखाकुमारी यादव
१५.चन्द्रमोहन यादव
घ. दलित
१६.हरिनादेवी कामी
१७. पवित्रा विक
१८. मानबहादुर नेपाली
ङ.थारू
१९. प्रमिलाकुमारी गच्छदार
च. मुस्लिम
२०.शाहजान खातुन