सिरहाको गोलबजारमा गोली लागेर एक जनाको मृत्यु 

दक्ष खबर 17388+ समाचार ( )
१३ श्रावण २०८३, बिहीबार

जनकपुरधाम । सिरहाको गोलबजारमा आज गोली लागेर एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा टायर बालेर सडक अबरुद्ध गरेर  प्रदर्शन गरिरहेका सिरहाकोे औरही गाउँपालिकाका १५ वर्षीय गणेश यादवको मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले राससलाई जानकारी दिनुभयो ।   

“गोली लागेर यादवको मृत्यु भएको जानकारी प्राप्त भएको छ तर कसले चलाएको गोलीबाट मृत्यु भएको हो भने खुल्न नसकेको छैन”, प्रजिअ पौडेलले भन्नुभयो, “यसबारे अनुसन्धान भइरहेको छ ।”   

जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा आज दिउँसो २:०० बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ । घटना पछि प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा प्रदर्शन जारी राखेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार