काठमाडौँ । पशुपति सिर्जनशील युवा क्लबको २९औँ वार्षिकोत्सव विविध कार्यक्रमका बिच सम्पन्न भएको छ । शनिबार आयोजित एक कार्यक्रमका बिच क्लबले विभिन्न व्यक्तिहरूको समुपस्थितिमा कार्यक्रम सम्पन्न गरेको हो ।

२९औँ बार्षिकोत्सवका अवसरमा क्लवले विजया दशमीको शुभकामना आदानप्रदान, चियापान, रक्तदान कार्यक्रम सहित नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री एवं संघीय सांसद गगन कुुमार थापा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजु कुमार खत्री काठमाडौं महानगरपालिका वडा ८ का वडा अध्यक्ष आशामान संगत लगायत विभिन्न क्लबहरूका प्रतिनिधिहरू सहित विभिन्न तह र तप्काका व्यक्तिहरूको सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्दै संघीय सांसद गगन थापाले, सिर्जनशील युवा क्लब जात्रा पर्वहरूको संरक्षणाार्थ र विशेष गरि सामाजिक कार्यमा अग्रसर। रहेको बताउनुभयो । त्यस्तै, वडा अध्यक्ष आशामान संगतले क्लबको उत्तरोत्तर प्रगतिको कामना सहित जात्रा पर्वको संरक्षणमा क्लबको विषेश भुमिका रहको बताउनुभयो ।
त्यस्तै, सिर्जनशील युवा क्लबका अध्यक्ष सुमन डंगोलले उपस्थित सम्पूर्णमा विजयाादशमीको शुभकामना आदानप्रदान गर्नुहुदैँ क्लबले आगामी दिनमा थप महत्त्वपूर्ण कामहरू सहित सामाजिक सेेवामा अग्रसर रहने बताउनुभयो ।
उहाँले रक्तदान कार्यक्रममा ५८ जना रक्तदाताले रक्तदान गर्नुभएको र नि:शुल्क स्वास्थ्य शिविरबार सयौंले लाभ लिएको बताउनुभयो । क्लबले रक्तदान कार्यक्रमका नेपाल रेडक्रस सोसाइटी सँग सहकार्य गरेको थियो भने, नि:शुल्क स्वास्थ्य शिविरमा नेपाल भारत मैत्री अस्पताल सँग सहकार्य गरेको थियो ।