काठमाडौँ । काठमाडौँमा रहेको त्रि–ज्योति मा विले शैक्षिक वर्ष २०७९ को “माध्यमिक शिक्षा परीक्षा उत्कृष्ट सम्मान–०७९” प्राप्त गरेको छ ।
५० जनाभन्दा बढी विद्यार्थीहरुलाई प्रत्येक वर्ष माध्यमिक शिक्षा परीक्षामा समावेश गराउँदै आएको त्रि–ज्योति मा. वि. ले २०७४ सालमा जीपीए–४ र अन्य वर्षहरुमा निरन्तर रुपमा शैक्षिक गुणस्तर कायम गर्दै आइरहेकाले काठमाडौँ जिल्लाभरिका विद्यालयहरुमा उत्कृष्ट विद्यालयभित्र परेको हो ।
प्रयोगात्मक शिक्षण विधि, पुस्तकविनाको पठनपाठन र सिक्दै, पढ्दैको मान्यतामा आधारित भई नेपालको शैक्षिक पद्धतिमा उल्लेखनीय योगदान दिने शैक्षिक संस्थाभित्र पर्न सफल भएको सन्दर्भमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले “माध्यमिक शिक्षा परीक्षा उत्कृष्ट सम्मान–०७९” द्वारा त्रि–ज्योति मा. विका प्रधानाध्यापक गणेशकुमार मिश्रलाई सम्मान गर्नुभएको हो ।
साथै ५५ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा दिएकोमा उत्कृष्ट सबै विद्यार्थीहरुका अतिरिक्त प्रथम हुन सफल १ छात्रा र १ छात्रलाई पनि उक्त विशेष समारोहमा सम्मान गरिएको थियो ।