काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।सरकारले सुनको भन्सारमा आधा कटौती गरेपछि घटेको सुनको भाउ बुधबार प्रतितोला ९ सयले बढेको हो ।
आज छापावाल सुन तोलामा १ लाख ४९ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ। आज चाँदी तोलाको १८ सय ३० मा कारोबार भइरहेको छ।